कक्षाकोठामै अश्लील भिडियो देखाउने शिक्षकलाई एक वर्ष तीन महिना कैद

काभ्रे - छात्रालाई अश्लील सामग्री देखाएको अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक शिक्षकलाई कैद र जरिवानाको फैसला गरेको छ ।
प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका–३ स्थित सिद्देश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टलाई एक वर्ष तीन महिना कैद, रु १५ हजार जरिवाना गर्नुका साथै रु चार सय पीडित राहतकोषमा जम्मा गर्न भनेको छ । त्यस्तै अदालतले पीडित २७ बालबालिकालाई जनही रु १० हजारका दरले क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
अनुसन्धानका क्रममा कक्षा ८ मा अध्ययनरत छात्रछात्रालाई विष्टले आफ्नो मोबाइलबाट कक्षाकोठामै यौनजन्य अश्लील भिडियो देखाएको अभियोग पुष्टि भएको थियो । यसअघि धरौटीमा रिहा गरिएका विष्ट हाल फरार छन् ।
बालयौन दुर्व्यवहार अभियोगमा विष्टलाई अदालतले कैद तथा जरिवानाको फैसला सुनाएको हो । २०७८ फागुन १२ गते भएको उक्त घटनामा संलग्न शिक्षकले पाठ्यक्रमसँग सम्बन्धित सामग्री विद्यार्थीलाई देखाएको बयान दिएका थिए । जिल्ला प्रहरी कार्यालय धुलिखेलले फरार शिक्षक विष्टको खोजी भइरहेको जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया