सूर्यविनायकको स्वास्थ्य संस्थालाई जापान सरकारको सहयोग

काठमाडौँ- जापान सरकारले भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकामा रहेको सामुदायिक स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । नेपालका लागि जापानी राजदूत किकुटा युटाकाको उपस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।
जापान सरकारको आर्थिक सहयोगमा ग्रासरुट्स ह्युमन सेक्यूरिटी प्रोजेक्ट्स (जीजीपी) मार्फत सामुदायिक स्वास्थ्य चौकीलाई करिब ९० लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
लेवरर वुमन एन्ड चाइल्ट वेलफेयर काउन्सिलबाट संचालित भ्याली हेल्थ सेन्टरमा स्तन क्यान्सर परिक्षण, थाइराइड परिक्षण तथा डाइविटिज परिक्षण उपकरण जडान गरिएको छ । उक्त स्वास्थ्य केन्द्रले ग्रामिण भेगका गर्भवती तथा बालबालिकालाई निशुल्क स्वास्थ्य परिक्षण सेवा प्रदान गर्दै आएको छ ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया