'५ सय र हजारका नोटलाई ब्याण्ड गरौं'

काठमाडौँ - राष्ट्रिय सभा सदस्य कमला पन्तले ५ सय र हजारका नोटलाई ब्याण्ड गर्नुपर्ने माग गरेकी छन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्द उनले यस्तो माग गरेकी हुन् ।
उनले अर्थतन्त्र उकास्नका लागि पाँच सय र हजारका नोटहरु प्रतिवन्ध लगाउनुपर्ने बताए । उनले सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर जानु नहुने भन्दै सरकारले गर्नसक्ने काममात्रै उल्लेख गर्न आग्रह गरिन् ।
उनले किसानको उत्पादन राज्यले किन्छ भन्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘हामी बिरालो बाँधेर श्राद्ध गर्नेतिर नजाऔँ । ठ्याक्कै के गर्ने हो त्यो भनौँ, किसानको उत्पादन राज्यले किन्छ भन्ने हो भने किसानले उत्पादन बढाउँछ । सडकमा लगेर उत्पादन पोख्ने भए किन बढाउने ? राजश्व संकलनको समस्या के हो ? किन भएन राजश्व संकलन ? यसलाई रोक्ने कुरा के हो ? रोक्नेतिर जाऔँ । भन्सारमा कहाँ चुहावट, अर्थमन्त्रीलाई जानकारी छैन भन्नेकुरामा म विश्वास गर्दिन । बोरामा बाँधेका पैसाहरुलाई ५ सय र हजारका नोटलाई ब्याण्ड गरौँ । यदी हामीले समस्या बुझेका छौँ र सकिन्छ र हिम्मत छ भने यत्ति गर्नसके पलायन हुँदै गएको अर्थतन्त्रबाट बच्न सक्छौँ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दा किन जहिल्यै नकारात्मक गर्छ, रुन्चे कुराले हुन्छ ।’
सदस्य पन्तले मौद्रिक नीतिको समीक्षा गर्दा राष्ट्र बैंकले सधैँ नकारात्मक मात्रै किन गर्छ भन्ने कुराको खोजी गर्न आवश्यक रहेको बताइन् ।

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

प्रतिक्रिया