जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय : सांसद राई

काठमाडौँ - राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय बनाउनुपर्ने माग गरेकी छिन् ।
सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सदनमा छलफलमा सहभागी हुँदै सोमबार उनले यस्तो माग गरेकी हुन् ।
उनले नेपालमा पर्याप्त जनशक्ति रहेको र त्यसको सही उपयोग गर्न आवश्यक रहेको बताइन् । उनले जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय चाहिने बताइन् । उनले तत्काल मन्त्रालय बनाउन नसके स्वास्थ्य मन्त्रालयको छुट्टै विभागका रुपमा भनेपनि स्थान दिनुपर्ने आवश्यक्ता रहेको बताइन् ।
उनले भने, ‘भर्खरै हाम्रो जनसंख्याको तथ्यांक आएको छ, यसले पनि देखाएका छ, हामी बारम्बार भनिरहेका छौँ, हामीसँग जनशक्ति छ, त्यसको उपयोग गर्नुपर्छ । जनशक्तिको उपयोग गर्न छुट्टै मन्त्रालय चाहिन्छ, अहिले मन्त्रालय नै राख्न सकिँदैन भने स्वास्थ्य मन्त्रालयको सानो डेस्क बनाएर विभाग बनाएर जनसंख्याको काम हुँदैन । यत्ति धेरै हामीसँग जनशक्ति छ, अहिले काम खोज्नेलाई काम छैन, कामदार खोज्नेलाई कामदार छैन । के मिलिरहेको छैन । हामीलाई केमा कस्तो स्किल भएका व्यक्ति चाहिन्छ, कहाँ काम छ, यसको लागि ठूलो लेखाजोखा गर्न जरुरी छ । जनशक्तिको भरणपोषण गर्ने मन्त्रालयको जरुरी छ ।’
उनले जलवायु परिवर्तनको प्रकोपलाई रोक्न पूँजी वृद्धि गर्न जरुरी रहेको बताइन् । इन्धनको आयातका कारण बजेट घाटा भएको भन्दै विद्युतीय उर्जाको बढी प्रयोग गर्ने कुरामा बजेटमा प्राथमिकता हुनुपर्ने बताइन् ।

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

प्रतिक्रिया