सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर गर्नु भ्रष्टाचारलाई सघाउ पुर्‍याउनु हो : सापकोटा

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयान्तर नगर्न आग्रह गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सापकोटाले नक्कली शरणार्थी प्रकरण विषयान्तर गर्नु भ्रष्टाचारलाई सघाउ पुर्‍याउनु हुने बताए ।

‘मानव तस्करसहितको विषय अगाडि आएको छ । सम्पूर्ण देश केन्द्रित भएर यसमा अगाडि जानुपर्छ,’ उनले भने, ‘यसलाई विषयान्तर गर्नु भनेको अन्ततः भ्रष्टाचारलाई सघाउ पुर्याउनु हो ।’ 

उनले यस प्रकरणलाई सही रूपमा टुंगोमा पुर्याएर भ्रष्टाचारका अन्य फाइलहरू खोल्न सरकारलाई आग्रह समेत गरेका छन् ।