सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

नक्कली भुटानी शरणार्थी प्रकरणको विषय सदनमा जानकारी गराउन सांसद गैरेको माग

फाइल तस्बिर

काठमाडौँ– नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको कारबाहीका बारेमा सदनमा जानकारी गराउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभाकाे बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

‘प्रतिनिधिसभाको २६ र २७ गतेको बैठकमा स्वयं सभामुख महोदयले संसद्को तर्फबाट जानकारी गराउन रुलिङ पनि भएको थियो,’ सांसद गैरेले भने, ‘तर, आज पनि सरकारले सार्वभौम सदनलाई जानकारी गराउने कार्यसूची देखिनँ । म मान्य सभामुख ज्यूको ध्यानाकर्षण  गराउन चाहन्छु ।’

सरकारले सदनमा जानकारी दिन के कारणले समस्या भइरहेको छ भन्दै प्रश्नसमेत गरे ।

‘यस्तो जघन्य विषयमा अपराध जन्य विषयमा सरकारले यो सार्वभौम सदनलाई आएर यस्तो भएको छ,’ उनले भने, ‘यति प्रगति भएको छ भनेर हामीले गर्दै छौँ भन्न के कारणले समस्या भइरहेको छ ? जनतालाई यसको निष्पक्ष छानबिन हुन्छ भन्नेमा विश्वास छैन ।’

उनले नेकपा एमालेको केन्द्रीय समितिले पनि यसको निष्पक्ष छानबिन गर्न माग गरेको भन्दै यसको बारेमा सदनलाई जानकारी दिन माग गरे ।