आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

सार्वजनिक शिक्षाको सुधार गर्न शिक्षा नीतिमा सुधार गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  सार्वजनिक शिक्षाको सुधार गर्न सरकारले शिक्षा नीतिमा सुधार गर्ने तयारी गरेको बताए । बिहीबार संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा कांग्रेस सांसद इश्वरी न्यौपानेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘सरकारी एवम सार्वजनिक शिक्षा सुधारलाई वर्तमान सरकारले उच्च प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रधान गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु । सबै सरकारी विद्यालयमा गुणस्तरीय र रोजगार मुलक शिक्षा प्रदान गरी स्वदेशमा नै अवसर सिर्जना गर्न हालको शिक्षा नीतिमा केही गुणात्मक सुधार गर्ने  सरकारको धारणा रहेको छ ।’

प्रधानमन्त्री प्रचण्डले विद्यालयको संरचनागत र भौतिक सुधारमा पनि जोड दिइने बताएका छन् ।