आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

जब पदम गिरीको प्रश्‍नमा प्रधानमन्त्रीले गाईको निबन्ध सम्झिए...

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रमुख सचेतक पदम गिरी गिरीले संसद्‌ सचिवालयमा टिपाएको भन्दा फरक प्रश्‍न गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झस्किएको बताएका छन् । बिहीबार संसद्‌मा प्रश्नोत्तर गर्दै गिरीले टिपाएको प्रश्‍नभन्दा फरक प्रश्‍न गरेपछि प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

संसद्‌ङ्गा टिपाएको प्रश्‍नभन्दा फरक नागरिकता विधेयक कहिले आउँछ ? भन्दै मधेशबाट फोन आएको गिरीले बताएका थिए ।

'पहिला प्रश्न गर्दा अलिकति झस्किँए । किनभने रातभरी गाईको निबन्ध पढेर आएको' प्रधानमन्त्री प्रचण्डले भने 'बिहान प्रश्‍न आउँदा नदी आएपछि कसरी लेख्‍ने भन्ने समस्या परेको जस्तै होला भन्ने जस्तो डर लागेको थियो तर माननीय सदस्य दोस्रो भागमा निर्धारित नै प्रश्न सोध्नुभयो ।'

गिरीले प्रधानमन्त्रीलाई प्रश्‍न अर्कै टिपाएका थिए ।