आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

९ महिनामा ९ खर्ब ३ अर्ब भित्रियो, ६७ अर्ब रुपैयाँ अध्ययनका लागि बाहिरियो : प्रधानमन्त्री प्रचण्ड

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चालु आर्थिक वर्षको नौ महिनामा अध्ययनका लागि देशबाट ६७ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको जानकारी दिएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अध्ययनका लागि देशबाट चालु आर्थिक वर्षको ९ महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको जानकारी गराएका हुन् । 

साथै सोहीअवधिमा ९ खर्ब ३ अर्ब ३९ करोड रेमिट्यान्स भित्रिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।