आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

लडाकु शिविरको छानबिनमा दोषी ठहरिए म जेल जान तयार छु : प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकु शिविरको छानबिनमा आफू दोषी ठहरिए म जेल जान तयार भएको बताएका छन् । बिहीबार संसद्को प्रश्नोत्तरमा ज्ञानेन्द्र शाहीको प्रश्नको उत्तर दिँदै उनले यस्तो बताएका हुन् । 

‘क्यान्टाेनमेन्टको कुरा कपोलकल्पित र पूर्वाग्रहीत छ,’ उनले भने, ‘फेरि पनि कसैले दिएको उजुरीको आधारमा छानबिन गरी  दोषी  ठहरिए म आफैँ जेल जान तयार छु ।’

पूर्व  माओवादीलडाकुलाई राज्यकोषबाट वितरणा गरिएको रकममा व्यपक भ्रष्टाचार भयो भन्ने कुरा यो आरोपको निम्ति आरोप मात्रै भएको उनले बताए । 
 ‘म जोड दिएर भन्न चाहान्छु । त्यतिबेला शान्ति सम्झौता भएर क्यन्टमेन्टमा पूर्व जनमुक्ति सेनालाई राख्न तयार भइसकेपछि त्यहाँको भौतिक पूर्वाधार र योद्धाहरूको राशन पानीको निम्ति भनेर राज्यबाट दिइएको रकम  र त्यसको हिसाब किताब छ, त्यहाँ को को थिए ? कस कसले लिए भन्ने कुरा  हिसाबमा रहेको म मान्य सदस्यलाई जानकारी गराउन चाहन्छु,’ उनले भने ।