सांसद बद्री पाण्डेको माग– सरकारले किसान एप सुरु गरोस्
काठमाडौँ–कांग्रेस सांसद बद्री पाण्डेले सरकारलाई किसान एप सुरू गर्न अनुरोध गरेका छन् । उनले संसद्को सोमबारको बैठकमा बोल्दै यस्तो माग राखेको हुन् ।
सांसद पाण्डेले दाङ जिल्लाको घोराइ उपमहानगरपालिकाका किसान बाबुराम चौधरीको समाचार सुनाउँदै किसानले आफ्ना माग राख्न किसान एप चाहिएको बताए ।
‘बाबुराम चौधरीले एक विघामा लगाएको बन्दा गोभी ५ रुपयाँ प्रतिकेजी बेच्नुपर्ने भएपछि लागतसमेत नउठ्ने भएपछि बारीमै सुकेको छ,’ उनले भने, ‘यो प्रतिनिधि घटना हो । किसानले नियति भोगिरहेका छन् । सरकारले किसानहरूको मार्का सुन्नका लागि तत्काल एउटा किसान एप खडा गरोस् ।’
एप मार्फत किसानका किसानका कुरा सुनेर उत्पादन खेर नजाने नीति सरकारले लिनुपर्ने उनको भनाइ छ ।
‘एप मार्फत मर्का परेको किसानले सरकारलाई माग गर्न सकोस्,’ उनले भने, ‘ सरकारले उक्त किसानको खेर जान लागेको नबिकेको वस्तु खरिद खरिदियोस् । सित भण्डारमा सुरक्षित राखेर बेमौसामा बेचेर नाफा कमाउने वा उत्पादनलाई खेर नजाने नीति लिनुपर्छ ।’

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

प्रतिक्रिया