राजेन्द्र लिङदेनले सत्ता पक्षलाई भने –देश तपाईँहरूको मात्रै होइन, हाम्रो पनि हो

काठमाडौँ–राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले सरकारलाई कटाक्ष गर्दै देश सत्ता पक्षको मात्रै नभएर सबैको साझा भएको बताएका छन् ।
उनले सोमबार संसदमा जारी नीति तथा कार्यक्रमको छलफलमा बोल्दै सरकारले देश सत्ता पक्षको मात्रै हो भन्ने शैलीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको बताएका हुन् ।
‘हामीले ल्यायाैँ, हामीसँग बहुमत छ,’ उनले भने, ‘पास गछौँ, तालि ठटाएर पास गर्छौँ भन्न पाउनुहुन्छ । पास गर्न पाउनुहुन्छ । तर, देश तपाईंहरूको मात्रै होइन । सरकारमा बस्नेको मात्रै होइन । यो देश बिग्रिदा सरकारमा बस्नेको मात्रै बिग्रिँदैन । हाम्रो पनि बिग्रिन्छ । आउने पुस्ताको भविष्य पनि बिग्रिन्छ ।’
सांसद लिङदेनले नीति तथा कार्यक्रम सबैको साझा विषय भएकाले नमिलेको विषयहरू फेरि लेखेर ल्याउनुपर्दा अप्ठेरो मान्नु नहुने बताए । । ‘यसलाई पुर्नलेखन गर्न जरुरी छ,’ उनले भने, ‘अहिलेको आर्थिक समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न सक्दैन ।’
सरकारले ल्याएको नीति तथा कार्यक्रमले आगामी प्राथमिकता के हो भनेर छुट्याउन नसकेकोसमेत बताए । ‘यो नीति तथा कार्यक्रम सामान्य अवस्थामा, ठीकठाक अवस्थामा ल्याउने जस्तो छ,’ उनले भने, ‘धेरै कुराहरू प्रष्ट छैनन् । यसले समस्या पहिचान गर्न सकेको छैन । आगामी हाम्रो प्राथमिकता के हो भनेर छुट्याउने कोसिस नै गरेको छैन । छलफल गर्नुपर्ने प्रशस्त विषयहरू छन् ।’

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

प्रतिक्रिया