सरकारको नीति तथा कार्यक्रममा सम्पदामा आँखा परेन : डा. तोसिमा कार्की

काठमाडौँ– प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले सरकारको नीति तथा कार्यक्रममा ललितपुर जिल्लाका सम्पदाहरूमा आँखा नपरेको बताएकी छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै डा. कार्कीले सरकारको नीति तथा कार्यक्रममा ललितपुरका कला, संस्कृति र सम्पदामा सरकारको आँखा नपुगेको बताएकी हुन् ।
उनले मन्दिरहरूलाई तत्कालै पुनर्निर्माण सम्पन्न हुने गरी आगामी आर्थिक वर्षमा बजेटमा रकम विनियोजन गर्न माग राखिन् । त्यसैगरी रातो मच्छिन्द्रनाथ जात्रा, बाह्रवर्षे जात्रा, भोटो जात्रालाई तत्कालै विश्व सम्पदा सूचीमा संलग्न गराउने विषय अगाडि बढाउन उनले माग राखिन् ।
‘कला, संस्कृति, सम्पदाका लागि चिनिने ललितपुरको सांस्कृतिक धरोहर राज्यको आँखा परेन छ । आँखा परोस् पनि कसरी ०७२ सालको भूकम्पपछि पुनर्निर्माणको काम सकियो भनेर पुनर्निर्माण प्राधिकरण समेत विघटन भइसक्यो । तर, बुङ्गमतीको रातो मच्छिन्द्रनाथ र खोकनाको रुद्रायणी मन्दिर भने पुनर्निर्माण कुर्दाकुर्दै जीर्ण भइसके,’ उनले भनिन्, ‘सरकारकै हाम्रो सम्पदा राम्रो सम्पदा पर्यटन गन्तव्य बिस्तार तथा पहिचान कार्यक्रम अन्तर्गत मन्दिरहर"लाई तत्कालै पुनर्निर्माण सम्पन्न हुने गरी आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरियोस् र रातो मच्छिन्द्रनाथ जात्रा, बाह्रवर्षे जात्रा, भोटो जात्रालाई तत्कालै विश्वसम्पदा सूचीमा संलग्न गराउने राष्ट्र गौरवको विषयलाई अगाडि बढाइयोस् ।’

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

प्रतिक्रिया