आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

सांसद लेखनाथ दाहालले ओलीलाई लगाएको आरोप संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौँ– सभामुख देवराज घिमिरेले केही दिन अगाडि माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पशुपतिमा भ्रष्टाचार गरेको भन्ने अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । 

सत्ता पक्षले विनाआधार ओलीविरुद्ध आरोप लगाएको भन्दै एमालेले शुक्रबार संसदमा नाराबाजी गरेको थियो । त्यसपछि सर्वदलीय बैठक बसेर यो संसद् रेकर्डबाट हटाउने सहमति भएको थियो ।

शनिबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि पशुपतिको जलहरीको विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन भनेर प्रष्टोक्ति दिइएका छन् । 

‘पशुपतिको जलहरीको विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन,’ प्रचण्डले भने, ‘यस्ता विषय संसदको रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ ।’