राजनीतिक व्यवस्था बदलियाे तर प्रवृत्ति बदलिएन : सन्तोष परियार

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले देशको राजनीतिक अवस्था परिवर्तन भए पनि प्रवृत्ति नबदलिएको बताएका छन् । शनिबार प्रतिनिधि सभाको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
‘नीति तथा कार्यक्रम पढिरहँदा यस्तो लाग्छ–हामीले राजनीतिक व्यवस्था त परिवर्तन गर्यौँ,’ उनले भने, ‘तर त्यो परिवर्तन भएको व्यवस्था अनुरूपको हाम्रो प्रवृत्ति रहेन । हामी पात्रहरू त्यही रह्यौँ ।’
सरकारले ल्याएको नीति तथा कार्यक्रम विगतमा आउने कार्यक्रम जस्तै भएको उनको भनाइ थियो । सांसद परियारले विकासको अवधारणालाई समेत पुनर्परिभाषित गर्नु पर्ने बताए ।
‘हामीले यस्ता नीति तथा कार्यक्रम त कति बनायौँ होला,’ उनले भने, ‘विकासका कुरा कति गर्यौँ होला । तर, यहाँ आएर हामीले भन्नुपर्छ । हामीले बुझेको विकासलाई अब पुनर्परिभाषित गर्नुपर्छ । यो औपनिवेशिक विकास र आधुनिकीकरणले गाँजिएको विकासले के हाम्रो जनजीवनलाई छुन सक्यो । के हामीले विकासका कुनै प्रारूप देख्न सकेनौँ ?’

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

प्रतिक्रिया