आगामी आर्थिक वर्षबाट मन्त्रालयका सिलिङ संसद्मा पेस गरिने
काठमाडौँ- आर्थिक वर्षबाट बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्दा नै मन्त्रालयहरूको सिलिङ संसद्मा पेस गरिने अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । सोमबार संघीय संसद्मा आर्थिक वर्ष ०८०/०८१ को बजेट प्रस्तुत गर्दै महतले यस्तो बताएका हुन् ।
मन्त्रालयहरूको सिलिङ संसद्मा पेस गरेर बजेट बनाउँदा यथार्थपरक बजेट निर्माण हुने उनको दाबी छ ।
महतले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने अनुमान गरेको बताएका छन् । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले १ खर्ब ७० करोड विदेशी ऋण आउने अनुमान गरिएको बताए ।
त्यस्तै आगामी वर्षको आर्थिक वृद्धिदर जम्मा २.१६ मात्रै हुने आँकलन गरेको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्ष आर्थिक वृद्धिदर २.१६ बताएका हुन् ।
विश्व अर्थतन्त्रमा आएको शिथिलता र आन्तरिक कारणले न्यून रुपमा आर्थिक वृद्धि हुने आंकलन गरिएको उनले बताए।
त्यस्तै महतले तलब भत्ता, सामाजिक सुरक्षालगायत अनिवार्य दायित्वमा १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । जुन कुल बजेटको ७३ प्रतिशत हुन आउने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।
त्यस्तै चालु आर्थिक वर्षमा १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ । महतले चालु आर्थिक वर्षमा १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ बजेट खर्च हुने अनुमान गरेको बताएका हुन् ।
अर्थमन्त्री महतले आगामी बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित रहने बताएका छन् । महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै फराकिलो आर्थिक वृद्धिसहित सबल अर्थतन्त्र विकास गर्न आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट केन्द्रित रहने जनाए ।
उनले उद्यमशीलता विकास गरी गरिबी न्यूनीकरण गर्ने दिशामा बजेट उन्मुख रहने बताए ।

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

प्रतिक्रिया