पूर्वसांसद मिना पाण्डेको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित

काठमाडौं - राष्ट्रिय सभाले प्रतिनिधि सभाका पूर्वसदस्य एवं संविधान सभा सदस्य एवं पूर्वराज्यमन्त्री मिना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले पाण्डेको निधनमा शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको हो । पहिलो बैठक एमालेसहितका प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएर बसेको दोस्रो बैठकले पाण्डेको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।
आइतबारको बैठकको कार्यसूचीमा रहेका क्रमश संख्या १, २ र ३ नम्बरका कार्यक्रम हटाएर दोस्रो बैठक बसेको हो दोस्रो बैठकले शोक प्रस्ताव पारित गरेर सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो । शोक प्रस्ताव पारितपछि पाण्डेको निधनमा उठेर मौन धारण गरिएको थियो ।
नेपाली काँग्रेस पार्टीबाट २०४८ र २०५१ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी पाण्डे २०६४ सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य थिइन् । पूर्व महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री पाण्डेको यही १६ जेठमा ७२ वर्षको उमेरमा निधन भएको थियो ।

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

प्रतिक्रिया