ओलीले संसदमा भने - प्रधानमन्त्री प्रचण्डले भारतबाट साँच्चै ल्याएको पन्ध्रवटा राँगा नै हो

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमण उपलब्धिपूर्ण नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै ओलीले प्रधानमन्त्री प्रचण्डले भारतबाट राँगाबाहेक केही नल्याएको बताए ।
‘प्रधानमन्त्री प्रचण्डले भारतबाट साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा नै हो । साँच्चै ल्याएको चाहिँ है । अरु कुरा त प्रमाणित गर्नुपर्छ ल्याए भने,’ उनले भने, ‘चढेर आए पनि डोहोर्याएर ल्याए पनि ।’
राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण र कालापानीको भूभाग सट्टापट्टा गर्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर एमाले, राप्रपा, रास्वपालगायत प्रतिपक्षी दलले आइतबारको सदन अवरुद्ध गरेका थिए । सोमबार प्रधानमन्त्रीले जवाफ दिएपछि संसद् बैठक चलेको हो ।
अहिले संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मन्तव्य दिइरहेका छन् ।

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

प्रतिक्रिया