'भारत जानु केही घण्टा अघि मात्रै नागरिकता विधेयक प्रमाणीकरण गर्नुले थप सन्देह उत्पन्न भयाे'

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको संरक्षण र भौगोलिक अखण्डताको रक्षाका विषयमा वर्तमान सरकार र प्रधानमन्त्रीमाथि सन्देह उत्पन्न भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको व्यवहार र बोलेको कुराले राष्ट्रिय हितको संरक्षण र भौगोलिक अखण्डताको रक्षाका विषयमा सन्देह उत्पन्न भएको बताएका हुन् । कम्फरटेवल बन्न खोज्ने वर्तमान सरकारका प्रधानमन्त्रीले राष्ट्रका सीमा, नक्साका विषयमा अडानहिनता देखाउनु दु:खद कुरा भएको उनले बताए ।
ओलीले नागरिकता विधेयकलाई संसदमा फेरि ल्याउनुपर्ने र वर्तमान सदनले छलफल गर्न पाउनुपर्ने जिकिर गरे । उनले लोकतान्त्रिक पद्धति र संसदको विशेषाधिकारलाई मन्त्रिपरिषदले मिच्न नपाउने उल्लेख गरे । कुनै पनि विधेयकलाई सरकार नै नभई सभामुखलाई मात्रै तोक लगाउने अधिकार रहेको ओलीले बताए । उनले भारत जानु केही घण्टा अघि मात्रै प्रमाणीकरण गर्नुले थप सन्देह उत्पन्न भएको बताए ।
उनले सरकारको काम विधेयकको मस्यौदा मात्रै तयार गर्ने भएको उल्लेख गरे ।

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

प्रतिक्रिया