बजेटमा भन्सार विभागका पूर्व नासु श्रेष्ठको संलग्नताको वास्तविकता के हो ?

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले करको दर हेरफेरमा पूर्व नासु रामकृष्ण श्रेष्ठको संलग्नताको वास्तविकता के हो भन्दै प्रश्न गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले भन्सार विभागका उपसचिव स्तरका कर्मचारीसमेत प्रवेश नपाउने बजेट निर्माणमा पूर्व कर्मचारीको प्रवेश कसरी भयो भन्दै प्रश्न गरेका हुन् ।
‘भन्सार विभागका उपसचिव स्तरका कर्मचारीसमेत प्रवेश नपाउने बजेट निर्माणको संवेदनशील क्षेत्रमा पूर्व कर्मचारी श्रेष्ठ कसको स्वार्थमा, कसको प्रतिनिधि बनाएर आर्थिक विधेयक बनाउने कक्षमा प्रवेश गराइएको हो ?’ उनले सोधे ।
बजेटको मुखमा भन्सार विभाग नेतृत्वहीन बनाएर किन जुनियर अधिकृतलाई जिम्मेवारी दिइएको भन्दै उनले विरोध गरेका थिए । उनले भने, ‘शाहीले पूर्व कर्मचारी श्रेष्ठलाई किन नियुक्त गरियो ?’
आर्थिक वर्ष २०८०–८१ को बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न पूर्व नासु श्रेष्ठ संलग्न भएको भन्दै सांसदहरूले विरोध गरेका हुन् । यसै कारणले बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिलो सुरु भएको थियो ।

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

प्रतिक्रिया