संसद्मा पोलिग्राफ टेस्टको व्यवस्था गर्न रघुविर महासेठकाे माग
काठमाडौँ– एमाले सांसद् रघुवीर महासेठले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा बाहिर भिडियोमा एउटा र संसद्मा अर्को कुरा भएको भन्दै संसद्मा पोलिग्राफ टेस्टको व्यवस्था गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभामा सरकार आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि भइरहेको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
‘प्रधानमन्त्रीको भ्रमणमा भारतमा खिचिएको अडियो, भिडियो हेर्दा एकथरी कुरा, यो संसद्भित्र अर्को थरी कुरा भयो,’ उनले भने, ‘त्यसैले प्रश्न कर्ता गलत थियो कि जवाफ दिने गलत थियो ? त्यसको लागि म अर्थमन्त्रीजी लाई अनुरोध गर्न चाहान्छु–हामीसँग स्वास्थ्यसम्बन्धी उपकरण धेरै छन् । जहिल्यै पनि सुगर र ब्लड परीक्षण गरिरहेका छौँ । त्यसकारणले एउटा पोलिग्राफ टेस्टिङ मेसिनको व्यवस्था होस् ।’
उनले संसद्मा पोलिग्राफ टेस्टिङ मेसिन राखेपछि आगामी दिनमा संसद्मा दिइने जवाफहरू सहि हुने अनुमानसमेत गरे ।

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

प्रतिक्रिया