सभामुखले प्रतिनिधिसभा नियमावलीको उल्लङ्घन गर्नुभयो : सांसद् लेखनाथ दाहाल
काठमाडौँ–माओवादी सांसद् लेखनाथ दाहालले सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली उल्लंघन गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभामा सरकार आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि भइरहेको छलफलमा भाग लिँदै उनले यस्तो आरोप लगाएका हुन् ।
‘हामी हरेक सांसदहरू स्वतन्त्र छैनौँ,’ उनले भने, ‘सभामुख पनि स्वतन्त्र हुनुहुन्न । संविधानको मातहतमा र प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर मात्र हामीले आफ्ना अभिव्यक्ति राख्न पाइन्छ । सम्माननीय सभामुखले आफैँले पनि प्रतिनिधि सभाको नियमावली उल्लंघन गर्नु भएको छ । रोष्टममा तपाईँले प्रधानमन्त्रीलाई रुलिङ गर्ने कि सांसदलाई रुलिङ गर्ने ? माननीय प्रधानमन्त्रीलाई तपाईं चुप लाग्नुहोस् उहाँहरूले बोल्नुहुन्छ भन्नुभयो ।’
प्रतिनिधि सभामा एक विषयमा एक पटक प्रश्न उठाएपछि बार बार उठाउन नपाइने भन्दै रघुजी पन्तले ४ पटक सम्म बोलेको बताए । त्यसपछि एमाले सांसद सूर्य थापाले सभामुखको आलोचना गर्न नपाइने भन्दै नियमापत्ति जनाएका थिए ।

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

प्रतिक्रिया