अर्थमन्त्रीलाई रवि लामिछानेको प्रश्न– विकास बजेट डडेल्धुरा, नुवाकोट र गोरखामा कति पार्नुभएको छ ?

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले अर्थमन्त्री प्रकाशशरण महतलाई यस पटकको विकास बजेट डडेल्धुरा, नुवाकोटमा र गोरखामा कति पार्नुभएको छ भनेर प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभामा चलिरहेको बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
‘एउटा आशंका उब्जिएको छ । अर्थमन्त्री ज्यू स्पष्ट पारिदिनुहोला,’ उनले भने, ‘यस पटकको विकास बजेट डडेल्धुरा, नुवाकोटमा र गोरखामा कति पार्नुभएको छ ? एउटा गम्भीर प्रश्न खडा भएको छ । सुनिएअनुसार र केही डाटाहरू सार्वजनिक भए अगाडि र तथ्य जाँच गर्नु अगाडिको आशंकाको प्रश्न हो मेरो ।’
उनले यसको उत्तर अर्थमन्त्रीकै मुखबाट सुन्न चाहेको पनि जिकिर गरे ।
‘लगभग ४० देखि ५० प्रतिशत बढी बजेट डडेल्धुरा, नुवाकोट र गोरखाका लागि छुट्याइएको जानकारी आएको छ,’ उनले भने, ‘हामी अरूबाट सुन्न चाहँदैनौँ । सञ्चारमाध्यमका हेडलाईनको हामी तथ्य जाँच गर्दैगरौँला तर म मान्य अर्थमन्त्रीज्यूबाट यसको जवाफ चाहान्छु । बताइदिनुहोला ।’
लामिछानेले बजेटमा मधेशलाई गरिएको विभेदका बारेमा पनि बताइदिन आग्रह गरे ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया