आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

बजेटले लक्ष्य हासिल गर्न कडा मेहनत गर्नुपर्छ : विनोद चौधरी

काठमाडौँ- नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोदकुमार चौधरीले अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बेला आएको बजेटले लक्ष्य हासिल गर्न कडा मेहनत गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभामा विनियोजित बजेटबारे बिहीबार आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

उनले आम्दानी र खर्चको हिसाबले निर्धारित गरिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न चुनौती रहेको जिकिर गरे । उनले सरकारले प्रस्तुत गरेको बजेटमा देशले भुक्तानी गर्नुपर्ने ऋणको सावाँ ब्याजभन्दा विकास बजेट सानो हुन थालेको टिप्पणी गरे ।

चौधरीले ऋणको सावाँ ब्याज भुक्तानीका लागि १७.५५ प्रतिशत वित्तीय व्यवस्थापन गरिएको र विकास कार्यक्रमको लागि पुँजीगततर्फ १७.२५ प्रतिशत बजेट विनियोजन हुनु भनेको अर्थतन्त्र क्रमशः गिर्दो अवस्थामा गएको सूचक भएको टिप्पणी गरे ।

देशले १७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँको खर्च गर्नुपरेको अवस्था भनेको देशमा आर्थिक विकासको गति रोकिएको मान्नुपर्ने बताए ।