हाम्रा नेताहरूको हत्या गर्ने प्रयास गरियो : योगेश भट्टराई
काठमाडौँ– एमाले सांसद् योगेश भट्टराईले एमाले अध्यक्ष केपी ओली सहित शीर्ष नेताको हत्या प्रयास भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले विशेष समय माग्दै यस्तो आरोप लगाएका हुन् ।
पूर्वका विभिन्न ठाउँका कार्यक्रममा जाँदा कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर पार्टी अध्यक्ष केपी ओली र नेता सुवास नेम्वाङलाई अवरोध गर्न एम्बुस थापेर हत्या प्रयास गरिएको उनको आरोप छ । ‘आज कोशी प्रदेशको नाम के राख्ने त्यो कोशी प्रदेशको अधिकार हो,’ उनले भने, ‘तर आज त्यसका नाममा केही महिना अगाडि पार्टीका अध्यक्ष केपी ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतका हाम्रो नेतृत्व टोली पूर्वको विभिन्न ठाउँमा जाँदा झापाको चारआली देखि तेह्रथुम सम्मका ठाउँमा अवरोध सृजना गर्ने, रुखहरू ढाल्ने, गाडिमा ढुंगामुढा गर्ने, त्यति मात्रै होइन एम्बुस थाप्ने । हाम्रो नेताहरूको हत्या गर्ने प्रयास गरिएको थियो भन्ने स्वभाविक रुपमा बुझ्न सकिन्छ । त्यो बेला पनि हामीले प्रश्न उठायौँ ।’
गृहमन्त्रीले त्यसमा कुनै कारबाहीको प्रक्रिया अघि नबढाएको भन्दै उनले आक्राशे पोखे । विराटनगरमा कोशी प्रदेशको नामाकरणको विरोधको आन्दोलनमा मृत्यु भएका व्यक्तिकोबारेमा पनि सरकारले जवाफ दिनुपर्ने उनले बताए ।
‘गृहमन्त्रीलाई सोध्न चाहन्छु,’ उनले भने, ‘प्रहरीको लाठीबाट, गोलीबाट प्रदर्शनकारीको मृत्यु भएको हो कि होइन ? प्रदर्शनकारीले नै हानेको लाठी अचानक उनको टाउकोमा बज्रिन जाँदा उनको दुखद् मृत्यु भएको हो । यो सत्य हो कि होइन । यदि पुलिसले लाठी चार्ज गरेर निशाना लगाएर हत्या भएको भने त्यो पुलिसमाथि कारबाही गर्नुपर्छ । होइन भने त्यो पुलिसमाथि ज्यादति भएको छ । तर सरकार मुकदर्शक भएको छ ।’
पार्टीका केन्द्रीय सदस्य तथा काेशी प्रदेश सभा सदस्य राम रानामाथि आक्रमण भएको भन्दै आक्रोश पाखे ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया