क्रिकेट रंगशालाको नाममा बजेट कनिका छरेजस्ताे छर्ने काम मात्रै भयाे : तोसिमा कार्की
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले क्रिकेट रंगशालाको नाममा छुट्याइएको बजेट कनिका छरेजस्तो भएको बताएकी छिन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटकाे छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘निर्माणतर्फको खेलकुद बजेट हेर्दा क्रिकेटमय भएको हो कि जस्तो देखिन्छ,’ उनले भनिन्, ‘तर, त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने र थप ४ वटा क्रिकेट रंगशाला बनाउने बजेटमा उल्लेख गरिएको छ । विराटनगर क्रिकेट रंगशालालाई ४ करोड, धनगढी फाप्लाका लागि १ करोड, शुवर्णशम्शेर क्रिकेट रंगशालाको डिपिआरका लागि ५० लाख, भैरवा क्रिकेट रंगशालालाई ४० लाख यसरी कनिका छरेजस्तो क्रिकेट रंगशालाको नाममा बजेट छर्ने काम मात्रै भएको छ ।’
बजेट हेर्दा अधिकांश योजनाहरू सुरु मात्र गर्ने, अव्यवस्थित बनाउने र अलपत्र बनाउने सरकारको योजना देखिएको उनले बताइन् । निर्माणाधीन क्रिकेट रंगशाला पूरा नगरी अन्य रंगशालाको नाममा बजेट छुट्याउने सरकारको निर्णय गलत भएको उनको भनाइ छ ।
‘डेढ दशकयता निर्माण थालिएको मुलपानी क्रिकेट रंगशालाले पूर्णता अझै पनि पाएको छैन,’ उनले भनिन्, ‘हरेक आर्थिक वर्षमा रकम छुट्याउने काम हुन्छ तर काम हुँदैन । त्यस्तै गौतम बुद्ध रंगशाला पनि अलपत्र छ । वर्षौँसम्म एउटा पनि रंगशाला निर्माणको काम पूरा गर्न नसकिनाले अन्तर्राष्ट्रिय स्तरमा नै नेपालको बेइज्जत भएको छ । यो अवस्थामा थप क्रिकेट रंगशाला बनाउन बजेट छुट्याइरहेको छौँ । यो सरकारको निर्णय सहि छैन ।’
चितवनको गौतम बुद्ध रंगशालालाई १ लाखमात्रै छुट्याइएको भन्दै उनले असन्तुष्टि समेत पोखिन् । सरकारले धुर्मुस सुन्तली फाउन्डेशनले छाडेपछि सरकारले स्वामित्व लिन्छु भनेर घोषणा भएता पनि काम नभएको उनले बताइन् ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया