राष्ट्रिय परिचयपत्रको फोटो खिच्न धार्मिक मान्यता विपरीत राखिएका नियम हटाउन सांसद अब्दुल खानको माग
काठमाडौँ–जनमत पार्टीका सांसद अब्दुल खानले सरकारलाई राष्ट्रिय परिचय पत्रको फोटो खिच्दा राखिएका विभिन्न नियमहरू हटाउन अनुरोध गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘तराई मधेशका हजारौँ महिला र पुरुषहरूले राष्ट्रिय परिचयपत्र बनाउन इन्कार गरिरहेका छन्,’ उनले भने, ‘कारण के हो भने, राष्ट्रिय परिचयपत्र बनाउँदा संविधानको धारा २४, २६ र २९ को भावना विपरीत एउटा सांस्कृतिक र धार्मिक मर्यादा विपरीत महिलाहरूले सिन्दुर हटाउनु पर्ने, टाउकोमा राखिएको दुपट्टा हटाउनुपर्ने । पुरुषहरूले कण्ठी हटाउनुपर्ने, टिका हटाउनुपर्ने जस्ता बाध्यकारी नियम राखेर राष्ट्रिय परिचय पत्रको फोटो खिचिन्छ । यस्ता बाध्यकारी नियम हटाउन म सरकारसँग माग गर्दछु ।’
धार्मिक र सांस्कृतिक मान्यता विपरीतका नियमका कारण तराईका जिल्लाहरूमा राष्ट्रिय परिचयपत्र बनाउन नजाने गरेको उनको भनाइ छ ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया