आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

बजेटले थारु समुदायलाई समेटेन : सांसद अशोककुमार चौधरी

काठमाडौँ–प्रतिनिधिसभा सांसद अशोक कुमार चौधरीले सरकारले ल्याएको बजेटले थारु समुदायलाई नसमेटेको भन्दै गुनासो गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् । 

‘थारुजाति तराईँमा बस्ने सबैभन्दा ठूलो जाति हो,’ उनले भने, ‘विभिन्न अध्ययनमा गौतम बुद्धलाई थारुको सन्तान भनेको पाइन्छ । यसले गर्दा विश्व समुदायमा थारु समुदायको अन्तरसम्बन्ध रहन गएको  छ । आफ्नै भाषा, कला संस्कृति परम्परा रहेको थारु समुदायलाई यो बजेटले कतै पनि पनि समेटेको छैन ।’ 

उनले प्रकृति पूजा गर्ने थारु समुदायको कला संस्कृतिको विकास गर्न पनि सरकारसँग उनले अनुरोध गरे ।