सांसद निशा डाँगीको प्रश्न : नागरिकतामा थर सच्चिने तर प्रमाणपत्रमा नसच्चिने यो कस्तो प्रावधान हो ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सरकारलाई नागरिकतामा थर सच्चिने तर प्रमाणपत्रमा नसच्चिने प्रावधानमा प्रश्न गरेकी छिन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सानोठिमीमा दिनहुँ थर सच्याउन आउनेले भोग्नुपरेको दुःख र लामो लाइन बस्नुको सास्तीका बारेमा प्रकाश पार्दै सभामुख मार्फत सरकारलाई ध्यानाकर्षण गराएकी छिन् ।
उनले भनिन्, ‘ सम्बन्ध विच्छेद पछि महिलाहरूले जन्मघरतर्फको थर राखेर नागरिकता लिन पाउँछन् । शैक्षिक प्रमाणपत्रमा श्रीमानको थर हटाउन मिल्दैन किन ? सडक बालबालिका, बालसुधार गृहमा हुर्किएका बालबालिका, र ट्रान्सजेन्डहरूको नाम थर परिवर्तन हुन सकेको छैन । नाम, उमेर र जात सच्याउने नियम, २०१७ संशोधन नहुँदा यस्ता कयौँ नागरिकपीडित भएका छन् ।’
सदनको शून्य समयमा बोल्दै उनले उक्त समस्या समाधान गर्न गृह र शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउन चाहेको बताइन् ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया