तोसिमा कार्कीले संसदमा देखाइन् अस्पतालको बिल
काठमाडौँ– रास्वपा सांसद डा. तोसिमा कार्कीले संसदमा अस्पतालमा बिल देखाउँदै सरकारले कालोबजारी गरेको आरोप लगाएकी छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एक अस्पतालबाट किनेको औषधिको बिल देखाउँदै भनिन्, ‘निकै लाजमर्दो विषय उठान गर्दैछु । राज्यको ठगीको नमुना छ । मसँग शहीद धर्मभक्त मानव प्रत्यारोपण केन्द्रको एउटा बिल छ । यो डायलाइसिस गराइरहेका बिरामीको बिल हो ।’
उनले अगाडि भनिन्, ‘यसमा इपोफिट नामक औषधिको बिक्री मूल्य १४ सय ५ रुपैयाँ छ । यसको खाली खोल पनि मसँग छ जसमा अधिकतम खुद्रा मूल्य ५ सय भारु अर्थात् नेपाली ८ सय रुपैयाँ पर्न आउँछ ।’
औषधिमा २० प्रतिशत अधिकतम नाफा राख्न पाउनेमा ७५ प्रतिशत राखिएको उनले बताइन् । कति प्रतिशत नाफा खाएपछि मात्र कालोबजारी मानिन्छ भन्दै उनले प्रश्न समेत गरिन् ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया