सांसदमा ठाकुर गैरेकाे प्रश्न : असन्तुलन बजेट विनियोजन गरेर सरकारले के गर्न खोजेको हो ?

काठमाडौँ- नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारले भौतिक पूर्वाधारको बजेट विकास गर्ने नियतले नल्याएको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद गैरेले सरकारले मुलुकको भौतिक पूर्वाधार विकास गर्ने नियतले बजेट नल्याएको बताएका हुन् ।
उनले सरकारले ७७ जिल्लामा समानुपातिक समावेशिताका आधारमा नभई शक्ति र पहुँचका आधारमा बजेट योजना छनोट गरी बजेट विनियोजन गरेको आरोप लगाए । उनले मुलुकभर भौतिक पूर्वाधार मन्त्रालयको आँखामा जिल्लामा संघीय सडकको विकास आयोजना निर्माण गर्नुपर्ने परिस्थिति नदेखेको बताए ।
सांसद गैरेले एउटा जिल्लामा एउटा संघीय सडक बन्न आवश्यक रहेको जिकिर गरे । उनले असन्तुलन बजेट विनियोजन गरेर सरकारले के गर्न खोजेको हो ? भन्दै प्रश्न गरे ।
असन्तुलन बजेट विनियोजनले देश विकास हुन नसक्ने दाबी गरे । उनले मन्त्रालयले ७७ जिल्लामा १० वा १५ प्रतिशतको सन्तुलन कायम गर्न नसक्नु राम्रो नभएको बताए ।
उनले अहिलेको बजेटले यो देश प्रकाश ज्वाला, प्रकाशशरण, शेरबहादुर र पुष्पकमल दाहालको देश भनेर नाम परिवर्तन गरिदिनु पर्ने खालको देखिएको बताए । उनले नेपाल राष्ट्रभन्दा पनि चार जना मन्त्रीको देश भनेर सरकारले घोषणा गरे हुने बताए । उनले सरकारले बजेट निर्माण, बजेट छनोट गर्ने नियत देश विकास गर्ने खालको नदेखिएको बताए ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया