मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित तीन मन्त्रालयमाथिका शीर्षकको छलफल सकिएको छ । बैठकमा सञ्चार मन्त्रालयका साथै परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथि सांसद्हरूले आफ्ना धारणा राखेका थिए ।
सांसद्हरूले नेपालको छविलाई अन्तर्राष्ट्रिय जगतमा उँचो राख्न, ऊर्जा क्षेत्रमा लगानी वृद्धि गरी ठूला आयोजना समयमा सम्पन्न गराउन र प्रेस क्षेत्र तथा विद्युतीय मिडियालाई प्रभावकारी तुल्याउन आग्रह गरेका थिए । उनीहरूले बजेट विनियोजन गर्दा सन्तुलित रूपमा विनियोजन गर्न पनि आग्रह गरे ।
सो विधेयकअन्तर्गत आगामी बैठकमा सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शीर्षकमाथि छलफल हुने सभामुख देवराज घिमिरेले बैठकमा अवगत गराए । प्रतिनिधिसभाको अर्काे बैठक यही असार ५ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया