कृषिविज्ञ भन्छन् : उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा क्रान्ति हुँदैन
काठमाडौँ- कृषि विज्ञहरूले नेपालमा उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा प्रगति नहुने बताएका छन् । उनीहरूले देशमा सेन्टर अफ एक्सलेन्सका रूपमा एउटा कृषि केन्द्रको आवश्यकता रहेको बताए ।
विश्वमा कुनै पनि देशले उच्चस्तरको अनुसन्धान केन्द्र नबनाइ कृषिमा क्रान्ति गर्न नसकेको उनीहरूको दाबी छ । जुन देशमा कृषि अनुसन्धानको उत्कृष्ट केन्द्र छ त्यो देशले कृषिमा तीव्र रूपमा क्रान्ति गरेको उनीहरूका भनाइ छ ।
बुधबार ललितपुरमा भएको नेपाल कृषि अनुसन्धान परिषद् सेवानिवृत्त समाजको चौथो साधारण सभामा बोल्दै समाजका पूर्वकार्यकारी निर्देशक ध्रुव जोशीले नेपालमा उत्कृष्ट कृषि अनुसन्धान केन्द्र आवश्यक रहेको जिकिर गरे । उनले कृषि अनुसन्धानका लागि उत्कृष्ट अनुसन्धान केन्द्र नभएसम्म र अनुसन्धान केन्द्रले आफ्ना काम गर्न नपाएसम्म देशमा कृषिको विकास हुन नसक्ने बताए ।
उनले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा भ्रष्टाचार व्याप्त भएको गुनासो गरे । उनले नार्कमा आर्थिक चलखेलका साथै सरुवा, बढुवा र नियुक्तिमा पनि भ्रष्टाचार मौलाएको बताए ।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष डा. आनन्दकुमार गौतमले नेपालमा कृषि अनुसन्धानको अवस्था चिन्ताजनक रहेको बताए । उनले यही अवस्था रहने हो भने नेपालको कृषि अनुसन्धान मर्नसक्ने स्थिति रहेको धारणा राखे ।
अध्यक्ष गौतमले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) नीति, नियमबाट सञ्चालन हुन नसकेको बताए ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया