बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

एक लाख २५ हजार घुससहित लेखापाल र कार्यालय सहयोगी पक्राउ

फाइल फोटो

 काठमाडौँ - महोत्तरीको सम्झी गाउँपालिकाको लेखापाल रौशनकुमार राउत र कार्यालय सहयोगी घरीन यादवलाई कोभिड–१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रमको भुक्तानी गर्ने क्रममा रु एक लाख २५ हजार घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिगएको टोलीले नियन्त्रणमा लिएको छ । 

उनीहरुलाई लेखापालको कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दालहालले जानकारी दिए ।