बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

बतास एमएडब्लु कमर्सियल भेहिकल्सको फाइनान्सर्स भेला

काठमाडौँ- नेपालका लागि आइसर कमर्सियल भेहिकलको आधिकारिक विक्रेता बतास एमएडब्लु कमर्सियल भेहिकल्स प्रा.लि.ले भोल्भो आइसर कमर्सियल भेहिकल्स इन्डियाको सहकार्यमा फाइनान्सर्स भेला आयोजना गरेको छ । 

आइसर कमर्सियल भेहिकलमा बतास अर्गनाइसजेन र एमएडब्लु ग्रुपले साझेदारी गरेपछि आयोजना गरिएको पहिलो औपचारिक कार्यक्रमके मुख्य उद्देश्य आइसर ब्रान्डलाई आजको दिनसम्म आइपुग्न महत्वपूर्ण सहयोग गर्ने बैंकर तथा व्यवसायीहरुप्रति कृतज्ञता व्यक्त गर्नु रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक कुमार अग्रवालले बताए । 

‘नेपालको पूर्वाधार विकास र आर्थिक क्रियाकलापमा कमर्सियल भेहिकलको भूमिका महत्वपूर्ण हुन्छ । र यो क्षेत्रको विकास तथा विस्तारमा बैंक तथा निर्माण व्यवसायीको योगदानको कदर गर्न हामीले यो कार्यक्रमको आयोजना गरेका हौं,’ बतास एमएडब्लुका प्रमुख कार्यकारी अधिकृत अग्रवालले भने, ‘यसका अलावा हाम्रो उद्देश्य बतास अर्गनाइजेसन तथा एमएडब्लु कमर्सियलबीच भएको नयाँ साझेदारी तथा भावी कार्ययोजनाबारे जानकारी गराउनु पनि हो ।’

कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्र, निर्माण व्यवसायी, कमर्सियल भेहिकलका अगुवा, यातायात संघका पदाधिकारी तथा विज्ञहरुसहित एकसय ५० भन्दा बढी प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रममा भोग्भो आइसर कमर्सियल भेहिकल इन्डियाका प्रमुख एस एस गिल तथा अन्य उच्च पदाधिकारीहरुको उपस्थिती थियो । 

बतास एमएडब्लु कमर्सियल भेहिकल्स प्रा.लि.का अध्यक्ष विष्णु कुमार अग्रवालले दुई समूहबीचको साझेदारी नविनता, दिगोपन र ग्राहक केन्द्रित समाधानहरुमा लक्षित हुने बताए । ‘ग्राहक महानुभावहरुको सेवा र सुविधा लक्ष्य हो । यसका साथै, यो साझेदारीले नविनता र दिगोपनलाई पनि उत्तिकै महत्व दिनेछ,’ उनले भने । 

साथै कम्पनीका बतास अर्गनाइजेसनका अध्यक्ष आनन्द राज बतासले आइसर यात्राको सफलता र निरन्तरताको लागि बैंकहरु र ग्राहकको विशेष भूमिका रहेको र भविष्यमा पनि त्यस्तै सहयोगको अपेक्षा रहेको बताउनु भयो । कार्यक्रममा आइसरको नेपाल यात्रालाई महत्वपूर्ण सहयोग गर्ने एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक लगायत नौ वटा बैंक तथा वित्तीय संस्थालाई सम्मान गरिएको थियो । 

कम्पनीका प्रबन्ध संचालक शान्त राज बतासले टेलिमेटिक्स प्रविधिको कार्यान्वयन र हरेक ५० किलोमिटरमा सर्भिस नेटवर्क विस्तारको माध्यमबाट ग्राहकको सन्तुष्टि बढाउने रणनीतिक योजना सार्वजनिक गरेका थिए ।
‘समृद्धिको लागि साझेदारी’को मान्यता बोकेको आइसर ब्रान्डलाई बतास अर्गनाइजेन र एमएडब्लु कमर्सियलबीच भएको साझेदारीले ‘सिर्नेटिक इफेक्ट’ सिर्जना गर्ने विश्वास बतास एमएडब्लु कमर्सियल भेहिकल्स प्रा.लि.ले लिएको छ । दुई समूहको साझेदारी ‘टुगेदर वि आर अनस्टपेबल’ नारालाई आत्मसात् गर्दै अघि बढ्नेछ । 

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…