६ सय बढी साइकलसहित 'भक्तपुर कोरा २०२३' सकियाे

भक्तपुर । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा भक्तपुरलाई एक उदाहरणीय साइक्लिङ गन्तव्यको रूपमा स्थापित गर्दै जाने उद्देश्यका साथ शनिबार भक्तपुरमा “भक्तपुर कोरा २०२३” सम्पन्न भएको छ ।
दीर्घकालीन रूपमा साइकललाई साइकलमात्र नभई सामाजिक तथा आर्थिक रूपमा पनि एक अभिन्न अंगको रूपमा स्थापित गर्ने तत्परताका साथ कार्यक्रम गरिएको हो ।
साइकल रुट बिहान ६ बजे भक्तपुर दरबार स्वायरबाट सुरु भएको थियो । त्यहाँंबाट बालाखु गणेश– त्रिपुरासुन्दरी– चोंछे– भोलाछें – महालक्ष्मी– थालाछें– सलागणेश– दत्तात्रय– गोल्मढी– तःमारी– भार्वचोसम्म पुरानो भक्तपुर नगरको परिक्रमा गरेपच्चात सिद्धपोखरी– चोंगा गणेश– नयाँ थिमि– बालकुमारी– बहाखा बजार– बोडे–निलबाराही– बेशीगाँउ– दधिकोट – चाङगुनारायण – त्रिशुल डाँडा– तेलकोट – नगरकोट – ल्हासापाके महामञ्जुश्री – खावा– नाला गुम्बा – भंगाल – लटलम्बेश्वर – सांगा – खाल्चोक – आशापुरी– रानीकोट – गुण्डु– गाम्चा– बालकोट– लोकन्थली– कौशलटार– सानोथिमि हुदै पुनः भक्तपुर दरबार स्वायर खौमाको ख्वप छेंमा आएर यात्रा सकिएको थियो ।
साइकल यात्रीहरूको लागि नेपाल इन्जिनियरिङ कलेज दुवाकोट भक्तपुर चाँंगुनारायणको क्यान्टिनमा ब्रेकफास्ट तथा ५० किलोमिटर यात्रा गर्नेहरूको लागि हेभन हिल रिसोर्ट तेलकोट र ७५÷१०० किलोमिटरलाई फन्की हिल रिसोर्ट नगरकोटमा खानाको व्यवस्था गरिएको थियो । विभिन्न क्लब तथा स्थानीय समूहको सहकार्यमा भक्तपुर दरबार स्वायर, बालकुमारी, निलबाराही, चांगुनारायण, तेलकोट, शान्तिडांडा, नगरकोट, बोजिनी, चरेली, खावा, सांगा, खाल्चोक, रानीकोट, घ्याम्पेडाँडालगायतको स्थानमा वाटर पोइन्टको व्यवस्था गरिएकाे थिाे ।
साथै जुजु बाइक्सको प्राविधिक सहयोगमा विभिन्न स्थलमा साइकल सर्भिस क्याम्प राखिएको थियो । सफलतापूर्वक च्यालेन्ज सकाउने सहभागीहरूलाई मेडलले सम्मान गरिएको थियो ।
साइकल कनेक्ट भक्तपुरकी अध्यक्ष निर्जला प्रजापतिले भक्तपुरलाई साइकलको जिल्ला बनाउने अभियान अन्तर्गत प्रत्येक वर्ष निरन्तर रुपमा भक्तपुर कोरा साइकल अर्थात् साइकलमा यात्राको परम्परा सुरुवात गरेको बताइन् । साथै सानो स्केलमा प्रत्येक शनिबार जिल्लामा रहेका साइकल प्रेमीहरु निश्चित गन्तव्य बनाई सामूहिक साइकल यात्रा गर्दै आएको पनि उनले जनाइन् । यसबाट साइकलप्रेमीहरुको संख्या निरन्तर बढ्न थालेको उनको अनुभव छ ।
शनिबार भएको तेश्रो पटकको साइकल यात्रामा ६ सय भन्दा वढीले सहभागि थिए ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया