सुरु भयो आठौ आइसिटी अवार्डको अनलाइन नोमिनेसन

काठमाडौं - सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) आज साउन १ गतेदेखि सुरु भएको छ ।
लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘आइसिटी अवार्ड’मा यस वर्ष थप एक विधा सहित १३ विधाहरुमा नोमिनेसन खुल्ला गरिएको छ । प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड यस वर्ष थप गरिएको विधा हो भने गतवर्षदेखि दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुलाई लक्षित गरेर साउथ एसिया आइसिटी अवार्ड पनि सञ्चालनमा रहेको छ ।
सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वषर््ा परिस्कृत र विस्तारित रुपमा आयोजना हुदै आइरहेको छ । यस वर्ष आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्नेगरी ‘प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन’ पनि सुरु गरेको छ । यि वाहेक यस वर्ष स्टार्टअप तथा इन्नोभेसन अन्तगर्त स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार एण्ड इन्नोभेसन आइसिटी अवार्ड २०२३ विधाहरु रहेका छन । व्यत्तिगत योगदानको आधारमा प्रदान गरिने अवार्डहरुमा, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ को लागि पनि नोमिनेसन खुल्ला गरिएको छ ।
सस्थागत विधाहरुमा डिजिटल एजुकेशन आइसिटी अवार्ड(पब्लिक सेक्टर), डिजिटल एजुकेसन आइसिटी अवार्ड(प्राइवेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ विधाहरु रहेका छन । यसैगरी साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड र प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसनमा पनि नोमिनेसन खुल्ला गरिएको छ । यि सम्पूर्ण विधाहरुमा अफिसियल वेबसाइटमार्फत अनलाइन नोमिनेसन दर्ता गर्न सकिने आयोजक समितीका अध्यक्ष राजन लम्सालले बताए । आफू स्वयम् वा अन्य कोहीले सम्वन्धित व्यक्त्ति, कम्पनी वा सस्थाको सम्पूर्ण विवरण उल्लेख गरेर नोमिनेशन दर्ता गर्न सकिनेछ । नोमिनेसन दर्ता गर्ने अन्तिम मिति साउन ३१ गतेसम्म रहेको आयोजकले जानकारी दिएको छ ।
भदौदेखि सञ्चालन हुने अवार्डको छनौट प्रकृयाको लागि विभिन्न २५ चरणमा जुरी समितीको मिटिङ तथा प्रिजेन्टेशन सेसनहरु सञ्चालन हुनेछन । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र प्रोफेसनल एक्सिलेन्स विधाहरुमा उत्कृष्ट १० प्रतिस्प्रधीको टेलिभिजन शो पनि प्रशारण हुनेछ । सातै प्रदेशमा गएर आयोजकले स्थानिय स्टार्टअपहरु खोज्दै हरेक प्रदेशका उत्कृष्ट ५ स्टार्टअप तथा आइडियाहरुलाई काठमाडौंमा बुटक्याम्प र मेन्टरिङ सेसनहरु पनि सञ्चालन गर्नेछ । यसैगरी एकमहिनासम्म पब्लिक भोटिङ पनि सञ्चालनमा रहनेछ । सातै प्रदेश र काठमाडौंमा प्रि(इभेन्टको रुपमा स्टार्टअप एण्ड आइडिया फेस्ट पनि सञ्चालन गरिने अध्यक्ष राजन लम्सालले बताए ।
अवार्ड छनौट प्रकृयाको क्रममा, सर्वोत्कृष्ट छनौटको लागि जुरी समितीले सम्वन्धित सस्था वा कम्पनीको कार्यालय भ्रमण गरेर अध्ययन समेत गर्नेछ । जुरी समितिमा नेपाल सरकारका प्रतिनिधिहरु सहित १४ जना विज्ञ रहेका छन भने सल्लाहकार समितिमा १५ जना विशिष्ट व्यत्तिहरु रहेका छन । साउथ एसिया स्टार्टअप अवार्ड २०२३ मा भारत, बंगलादेश, पाकिस्तान, श्रिलंका लगायतका देशहरुबाट विज्ञ जुरी समिति मार्फत छनौट प्रकृया सञ्चालन गरिने जुरी संयोजक हेमपाल श्रेष्ठले बताए । यस विधामा उत्कृष्ट १० प्रतिस्प्रधीहरु ग्राण्ड फिनालेमा सहभागी हुन नेपाल आउनेछन ।
गत वर्ष २३ डिसेम्बरमा, एक हजारभन्दाबढिको प्रत्यक्ष सहभागितामा द सोल्टी काठमाडौंमा इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले सम्पन्न भएको थियो । सातौ संस्करणमा सातै प्रदेशका उत्कृष्ट स्टार्टअप र जुरी मेन्सन सम्मान सहित अन्य १३ विधामा आइसिटी अवार्ड २०२२ प्रदान गरिएको थियो । सन् २०१६ देखि हालसम्मका विजेता, सम्पुर्ण कार्यक्रम र नोमिनेसनबारे सम्पुर्ण जानकारी वेबसाइट धधध।ष्अतबधबचम।यचन मा समावेश गरिएको छ ।
अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीबाट विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् । स्टार्टअप विधाका विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन् । गत वर्ष माइक्रोसफ्ट, ह्वावे, एनसेल र नेपाल टेलिकमले विजेताहरुलाई आकर्षक अफर र सुविधाहरु पनि प्रदान गरेका थिए । यस वर्ष अवार्ड विजेताहरुलाई अझ धेरै पुरस्कारसहित कार्यक्रम भब्य र परिस्कृत हुने आयोजकले जनाएको छ ।

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

प्रतिक्रिया