बालकृष्ण खाणको बचाउ गर्दै केसीले भने : आफैँ न्यायाधीश बनेर भैलो गाउँदै नहिँडौँ

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले बालकृष्ण खाणलाई कारबाहीको माग उठेको कुरालाई लक्षित गर्दै आफैँ न्यायाधीश बनेर भैलो गाउँदै हिँड्न नहुने बताएका छन् । बिहीबार सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै केन्द्रीय सदस्य केसीले यस्तो बताएका हुन् ।
‘भ्रष्टाचार कसले गरेको हो नाम लिन कोही पनि नसक्ने, डराउने,’ उनले भने, ‘तर, अस्ति भर्खरै सर्वोच्च अदालतले दोषी ठहर गराइसकेका मान्छेलाई आम माफीबाट चोख्याउन मिल्ने । अदालतमा विचाराधीन रहेका मुद्दाहरूमा किनारा नलाग्दै आफैँ न्यायालय आफैँ न्यायाधीश बनेर भैलो गाउँदै हिँड्ने । हाम्रा नेताहरूलाई अलि अलि बुद्धि भए हुन्थ्यो कि ।’
केसीले महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताको आकांक्षा राखेको कुरामा परिस्थितिलाई ख्यालै नगरी बेमौसमको बाजा बजाउँदै हिँड्दा जन्ती पाइँदैनन् कि भन्दै व्यंग्यसमेत गरेका छन् ।
‘एउटा व्यक्ति विशेषलाई संसदीय दलको नेता चाहियो भन्दैमा, पार्टी सभापति चाहियो भन्दैमा समय र परिस्थितिलाई ख्यालै नगरी बेमौसमको बाजा बजाउँदै हिँड्दा जन्ती पाइँदैनन् कि त्यता पट्टी ध्यान जाओस्,’ उनले भने ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया