कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अझै दुई दिन चल्ने

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा तेस्रो दिनको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले यस्तो बताएका हुन् ।
उनले बैठकमा केन्द्रीय कार्यसमिति सदस्यहरूले बोल्ने क्रम नसकिएको र सबैले बोलिसक्न अझै दुई दिनसम्म बैठक चल्नसक्ने जिकिर गरे । उनले केन्द्रीय कार्यसमिति सदस्यहरुले बैठकमा पार्टीगत, समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने क्रम जारी रहेको जनाए ।
उनले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज तेस्रो दिन सम्पन्न भएको छ । यो बैठक जारी छ । भोलि ११ बजेका लागि बैठक तोकिएको छ । केन्द्रीय समितिका सदस्यहरूले बोल्ने क्रम जारी छ, अझै दुई दिन लाग्न सक्छ, समसामयिक राजनीतिक विषय, पार्टीका बारेमा धारणा राखिरहनुभएको छ। भोलि र आइतबार पनि यो क्रम जारी रहन्छ ।’
नेता पौडेलले बैठक शुक्रवार र आइतबार बस्ने बताए । उनले शुक्रबार बिहान ११ बजे बैठक बस्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया