कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : तेस्रो दिन ३५ जना सदस्यहरूले धारणा राखे

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको तेस्रो दिन ३५ जना सदस्यहरूले धारणा राखेका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा विभिन्न १० वटा एजेन्डामाथि सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम लगाएत ३५ जना सदस्यहरूले धारणा राखेका हुन् ।
बैठकमा समसामयिक राजनीतिक, आर्थिक, सामाजिक विषयका साथै विभिन्न समितिहरूका तर्फबाट पेस भएका प्रतिवेदनहरूमाथि धारणा राख्दै केन्द्रीय सदस्यहरूले पार्टीभित्र वादविवाद गर्नुभन्दा पनि पार्टीलाई एक ढिक्का भएर अघि बढाउनुपर्नेमा जोड दिएका थिए । त्यस्तै उनीहरूले मुलुकको परिवर्तनको नेतृत्व कांग्रेसले लिने गरी अघि बढ्नुपर्ने धारणा पनि राखेका थिए ।
मङ्गलबारदेखि सुरु भएको बैठकमा छलफलका लागि महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको पार्टीका १० एजेन्डा र अर्का महामन्त्री गगन थापाले पेस गरेको वार्षिक कार्य योजनाका साथै विभिन्न समितिहरूका तर्फबाट पेस भएका प्रतिवेदनहरूमाथि छलफल भइरहेको छ ।
बैठक शुक्रबार बिहान ११ बजे पुन बस्ने कांग्रेसले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया