देशमा सुशासन छैन, दण्डहीनताले सीमा नाघ्यो : नेता कोइराला

काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन कायम हुन नसकेको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित लाओस राईद्वारा लिखित पुस्तक राष्ट्रवाद कि राष्ट्रप्रेम नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कोइरालाले देशमा दण्डहीनताले सीमा नाघेको जिकिर गरे । उनले राजनीतिक मुद्दा वा जुनसुकै मुद्दाहरूमा अदालतले निर्णय गरिसकेका मुद्दालाई राजनीतिक मुद्दा भनेर छुट दिने हो भने दण्डहीनताले सीमा नाघ्ने बताए । उनले देशमा अहिले राष्ट्रियताको आडमा लोकरिझ्याइँ, लोकप्रियतावादीका रूपमा नेताहरूले आफूलाई स्थापित गरिरहेको उल्लेख गरे ।
लोकरिझ्याइँको राजनीतिले देशलाई बिगारिसकेको उनकाे भनाइ छ । उनले लोकरिझ्याइँको राजनीति भविष्यमा देशका लागि घातक हुने बताए । नेता कोइरालाले देशमा भ्रष्टाचार अन्त्य गर्नैपर्ने बताए ।
नेता कोइरालाले नेपालमा २०६२/०६३ पछि नै दण्डहीनताका घटनाहरू बढ्दै गइरहेको उल्लेख गरे । नक्कली भुटानी शरणार्थी, ललिता, ओम्नी, वाइडबडी लगायतका अनियमितताका प्रकरणहरू निचोडमा नपुर्याएसम्म देशको स्थिति अप्ठ्यारो रहने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया