बारामा एमालेको प्रदेश स्तरीय नेतृत्व विकास कार्यशाला सुरु

बारा- नेकपा एमालेको मधेश प्रदेश स्तरीय नेतृत्व विकास कार्यशाला बिहीबारदेखि बारामा सुरु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-१६ स्थित शान्ति वाटिकामा आयोजित तीन दिने कार्यशालाको उद्घाटन एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गरेका छन् ।
कार्यशालाको उद्घाटन गर्दै एमालेको पार्टी स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवालीले मधेशका नेतृत्व तहमा रहेका नेतालाई आगामी एक वर्ष संगठन सुदृढीकरणका लागि केन्द्रित रहन निर्देशन दिएका छन् । मधेशको प्रदेशसभामा निर्वाचित सांसद एमाले धेरै भए पनि बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्ने ज्ञवालीले बताएका छन् ।
‘संख्यात्मक हिसाबले मधेशमा अहिले पनि एमाले ठूलो पार्टी हो, तर यतिले पुग्दैन,’ ज्ञवालीले भने, ‘बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्छ । त्यसका लागि एक वर्ष संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने हुन्छ ।’
मधेश प्रदेशको समृद्धिका लागि एमालेले देखेको सपना पूरा गर्नका निम्ति योजना र कार्यदिशा बनाएर अघि बढ्न ज्ञवालीले नेतृत्व तहलाई सुझाव दिएका छन् । ज्ञवालीले कार्यशालामा एमालेले बनाउन खोजेको मधेश र त्यसका लागि नेतृत्व तहको भूमिकाको छलफल गरिने बताए ।
भारतको नाकाबन्दीविरुद्ध डटेर सामना गर्ने, सुनकोशीको पानी मरिन हुँदै बागमतीमा ल्याएर मधेशमा सिँचाइ सुविधा सहज बनाउने एमाले र भारतविरुद्ध बोल्न नसक्ने अन्य पार्टीबीचको भिन्नता देखाउन पनि नेतृत्व तहले गम्भीरताका साथ अघि बढ्नुपर्ने ज्ञवालीको भनाइ थियो ।
कार्यशाला उद्घाटन कार्यक्रममा एमाले सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्य एवं पार्टी स्कुल संयोजक पुरुषोत्तम पौडेल, पोलिटब्युरो सदस्य एवं विषय विज्ञ प्रशिक्षक ईश्वरी रिजाल, पोलिटब्युरो सदस्य एवं सांसद अच्युत मैनाली, पोलिटब्युरो सदस्य एवं सांसद ज्वालाकुमारी साहलगायत मधेश प्रदेशबाट एमालेको केन्द्र, प्रदेश र जिल्लाको नेतृत्व तहमा रहेका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया