कांग्रेस बैठकमा गोपालमानको प्रश्न : खाणलाई थुनामा पठाउँदा किन रोकिएन ?
काठमाडौँ– नेपाली कांग्रेस नेता गोपालमान श्रेष्ठले नेता बालकृष्ण खाणलाई थुनामा पठाउँदा कांग्रेसले नरोकेको भन्दै गुनासो व्यक्त गरेका छन् ।
शुक्रबार सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो व्यक्त गरेका हुन् । ‘एउटा साथी पुर्पक्षमा थुनिएको छ । त्यहाँ पुग्नबाट उसलाई रोक्न सकिन्थ्यो । किन रोकिएन ?’ उनले भने, ‘त्यो साथीलाई किन रोक्न सकिएन । उहाँले गल्ती गरे नगरेको भनेर अदालतको निर्णय आएकै छैन । पूर्पक्षमा जसलाई पनि राख्न सकिन्छ । दोषी ठान्न भएन । उहाँका बारेमा यसरी छलफल नगरौं ।’
खाणको दोष प्रमाणित भइ नसकेको भन्दै उनी निर्दोष भएर आउनेमा समेत श्रेष्ठले दाबी गरे ।
मंगलबारबाट चलिरहेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको छ । बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्ना विचार राखिरहेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया