अहिलेसम्म संसदीय समितिले नेतृत्व पाउन नसक्नु दुःखद : नेम्वाङ

काठमाडौँ- नेकपा एमाले संसदीय दलका उपनेता एवं उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेसम्म पनि संसदीय समितिले नेतृत्व पाउन नसक्नु दुःखद भएको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूलाई दलका नेताहरूले असार अन्तिमसम्ममा समितिले नेतृत्व पाउँछ भनेको भए पनि समय कटिसक्दा पनि समिति नेतृत्वविहीन हुन राम्रो नभएको बताए । उनले समितिको नेतृत्व जति सक्दो चाँडो हुनुपर्ने बताए ।
सांसद नेम्वाङले जुम्लामा भएको घटनाको विषयमा छानबिन गर्न उपसमिति बनाइहाल्न आवश्यक नरहेको तर घटनाको अनुसन्धानका लागि समिति सभापतिको नेतृत्वमा केही प्रक्रिया सुरु गर्न सकिने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया