काँग्रेसको दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ : निधी

काठमाडौँ- नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधीले पार्टीको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीमा व्यक्ति र नाम परिवर्तन गर्नु आवश्यक नरहेको भन्दै दृष्टिकोण परिवर्तन गर्नु आवश्यक रहेको बताए । उनले पार्टीको दृष्टिकोण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली अनुरुपको हुनुपर्ने बताए । उनले संविधान र कानूनलाई संशोधन गरेर भएपनि प्रदेशहर"को अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।
‘यो पाँच वर्षसम्म त गठबन्धन ठिकै छ । पाँच वर्षपछि रुपान्तरणको लागि गठबन्धनको प्रयोग गरेर नेपाली काँग्रेस एक्लैले बहुमत कसरी ल्याउन सक्छ तीनै तहको लागि चुनावको तयारी गरौँ । पार्टीको संगठन सुदृढीकरण गरौँ । बिस्तारित गरौँ । त्यस काममा हामी लागौँ । प्रदेशहरुको अधिकारलाई सुनिश्चित गरौँ' उनले भने 'संविधान संशोधन गर्नुपर्छ भने गरौँ । कानूनमा संशोधन गर्नुपर्छ भने गरौँ । यसका लागि नेपाली कांग्रेसमा आज व्यक्ति र नाम परिवर्तन भन्दापनि दृष्टिकोण परिवर्तन गर्नु आवश्यक छ । अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जुन छ, तदानुकुलको दृष्टिकोण परिवर्तनमा लागि हामीले आफूलाई तयार गर्नुपर्छ ।’
उनले अहिलेको लागि गठबन्धन ठिक भएपनि आगामी निर्वाचनमा भने काँग्रेस एक्लैले बहुमत ल्याउनेगरी निर्वाचनको तयारी गर्नुपर्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया