आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

पार्टीभित्र अनुशासनको आवश्यकता छ : महत

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरूलाई खुइल्याउने काम नगर्न आग्रह गरेका छन् । आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले नेतृत्वलाई अनावश्यक गालीगलौज गर्ने र खुइल्याउने काम नगर्न आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जालबाट नियोजित किसिमले विरोध गर्ने कुरा कसैले कहीँबाट पनि गर्नु नहुने बताए । उनले आपसमा गालीगलौज नगरी एकताबद्ध भएर अगाडि बढेमा कांग्रेसलाई कसैले विस्थापित गर्न नसक्ने उनले जिकिर गरे । उनले पार्टीभित्र अनुशासनको आवश्यकता रहेको बताए ।

महतले पार्टीभित्र मतभिन्नताहरू भए पनि निर्वाचनका बखत पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउनुपर्ने बताए ।