राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्छ : शशांक कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताएका छन् ।
आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित नहुने धारणा राखे । उनले कांग्रेसको नीति ठीक हो भनेर मनैदेखि नलागेसम्म क्रियाशील सदस्य बढाउनु नहुने बताए । उनले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताए ।
कोइरालाले केन्द्रका नेताहरूले टिकट वितरण नगरेर स्थानीय समितिलाई जिम्मेवारी दिनुपर्ने पनि भनाइ राखे ।
नेता कोइरालाले पार्टीले आगामी २० वर्षका लागि आफ्नो बाटो तय गर्नुपर्ने बताए । पार्टीले आफ्नो लक्ष्य स्पष्ट पार्नुपर्ने भन्दै उनले सत्तामा जानेमात्र होइन रूपान्तरण गर्नुपर्नेमा जोड दिए । उनले पार्टीभित्रको गुट, उपगुटको पनि अन्त्य गर्नुपर्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया