'हर्क साम्पाङले सामाजिक सद्भाव खल्बल्याउने र जातीय विद्वेष पैदा गर्ने काम अविलम्ब बन्द गरून् '

काठमाडौं - राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई/हर्क साम्पाङलाई सामाजिक सद्भाव खल्बल्याउने र जातीय विद्वेष पैदा गर्ने काम अविलम्ब बन्द गर्न आग्रह गरेका छन् ।
केही दिनयता साम्पाङको अभिव्यक्ति र कार्यको आलोचना भइरहेका बेला प्रवक्ता श्रेष्ठले हिन्दु धर्म र सनातन धर्मसंस्कृतिप्रति भ्रम पैदा गर्नेगरी दिएको साम्पाङको अभिव्यक्ति र शैली अशोभनीय र खेदजनक रहेको बताएका छन् ।
‘हिन्दुहरुप्रति निरन्तर तुच्छ गालीको भाषा बोल्ने, सनातन धर्मसंस्कृति प्रति भ्रम पैदा गर्ने, शालीन प्रतिवाद गर्नेलाई उल्टो चेतावनी दिने धरानका मेयर साम्पाङको हर्कतहरु अशोभनीय र खेदजनक छन् । सामाजिक सदभाव खल्बल्याउने, जातीय विद्वेष पैदा गर्ने प्रायोजित काम तिनले अविलम्ब बन्द गरून्,’ उनले फेसबुकमा लेखेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया