भ्रातृ संस्था गठन गर्दा राजनीतिक सन्तुलन कायम गरियोस्ः जीवन परियार

काठमाडौँ - नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले भ्रातृ संस्थाहरुको गठन गर्दा राजनीतिक सन्तुलन कायम गर्न आग्रह गरेका छन् ।
आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री परियारले पार्टीको भ्रातृ संस्थाहरु गठन गर्दा संस्थापन पक्षले एकलौटी गरेको बताए । उनले अघिल्लो केन्द्रीय कार्यसमिति बैठकले भ्रातृसंस्था बनाउँदा नेताहरुसँग आवश्यक परामर्श गरी गठन गर्ने निर्णय गरेपनि नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, आदिवासी जनजाति महासंघ र किसान महासंघ बनाउँदा संस्थापनले एकपक्षीय रुपमा गरेको उल्लेख गरे । उनले आगामी दिनमा भ्रातृ संस्था गठन गर्दा संस्थापन र संस्थापन इतर समुहको सन्तुलन कायम गर्न अनुरोध गरे ।
उनले भने, ‘केन्द्रीय समितिको बैठकमा आएका कुराहरु मान्ने हो भने, यदी कुरा सत्य हो त हामीले पार्टीका सबै संयन्त्र ठिकठाक छन् त ? त्यो पनि भनौँ । अब केही गर्नुपर्दैन भन्ने लागेको छ भने त्यो पनि भनौैँ । पार्टीको सुधार गर्न, बहश गर्न, छलफल हुन हुँदैन भने त्यो पनि भनौँ । पार्टीमा राजनीतिक सन्तुलन आवश्यक छैन भने त्यो पनि भनौँ । के यसैगरी निर्णय गर्दै जाने हो भने हामी वर्तमान चुनौतीको सामना गर्नसक्छौँ त ? बिचारणीय छ । भ्रातृ संस्थाको अवस्था के छ ? कति समय भयो पूर्णता नपाएको ? जनसम्पर्क समितिको अवस्था के छ ? विभाग गठन किन हुन सकिरहेको छैन ? कार्यसमितिको पूर्णता किन हुन सकिरहेको छैन ? पार्टी केन्द्रलाई प्रश्न गरेका छन् । अघिल्लो केन्द्रीय कार्यसमितिको बैठकले भातृसंस्था बनाउँदा नेताहरुसँग आवश्यक परामर्श गरी गठन गर्ने निर्णय गरेको थियो । नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, आदिवासी जनजाति महासंघ, किसान महासंघ बनाउँदा उक्त निर्णय पालना गरियो त ? एकपक्षिय भयो भन्ने व्यापक गुनासो छ । तसर्थ गठन हुन बाँकी रहेका भ्रातृ संस्थाहरुका बारेमा सन्तुलन कायम गरियोस् भन्ने म आग्रह गर्न चाहन्छु ।’
उनले पार्टीको बैठक लाइभ गरेर व्यक्तिलाई फाइदा पुगेपनि पार्टीलाई कुनै फाइदा नपुगेको बताए । उनले फेसबुक लाइभ हेर्नेको संस्था घटिरहेको भन्दै आम जनतालाई आफूहरुको कुरा सुन्ने रुचीमा ह्रास आउँदै गएको बताए ।
उनले भने, – ‘आज बैठकको लाइभ गरेर हामीले हाम्रा कुरा सुनिरहेका छौँ । फेसबुक लाइकको भ्युअर्सको डाटा हेर्ने हो भने प्रत्येक दिन घट्दो छ । दिनप्रतिदिन फेसबुक लाइभ हेर्नेको संख्या घटेको छ । यसबाट आम समुदायलाई हाम्रो कुरा सुन्ने रुचीमा ह्रास हुँदै गएको देखाउँछ । यस तथ्यलाई हृदयंगम गरुम् । अब हाम्रा कार्यक्रमहरु आफ्ना कुरा सुनाउने भन्दापनि आम जनताको कुरा सुन्ने र तिनको सम्बोधन गर्नेतर्फ लक्षित गरौँ । यो लाइभले व्यक्तिलाई फाइदा पुग्छ । तर सिंगो पार्टीलाई कुनै फाइदा पुगेको छैन । म र मजस्ता लाखौँको प्रश्न छ । यो फेसबुक लाइभले हामी केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुलाई परिचित गराउने काम ग¥यो । यो पक्ष सकारात्मक हुनसक्छ ।’
सहमहामन्त्री परियारले दलित समुदायलाई गत निर्वाचनमा टिकट नदिइएको भन्दै आपत्ति जनाए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया