खाणको बचाउ गर्दै उपाध्यायले भनिन् : आफ्नै साथीमाथि आरोप लाग्दा पक्षमा उभिने कि नउभिने ?
काठमाडौँ– नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले पार्टीको कुनै नेतामाथि आरोप लाग्दा त्यसको बचाउनमा उभिनुपर्ने टिप्पणी गरेकी छन् ।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले पार्टीका साथीलाई कुनै आरोप लागेमा पक्षमा उभिने कि नउभिने भन्ने प्रश्न गरिन् ।
कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खाणको नाम नलिई बचाउनमा उनले भनिन्, ‘आफ्नै साथी त्यहाँ पर्दै गर्दा पक्षमा उभिने कि नउभिने ? जिल्लामा कुनै साथीलाई कुनै आरोप लाग्दा पक्षमा उभिने कि नउभिने ?’
अदालतमा विचाराधीन मुद्दालाई बहसको विषय बनाइनु नहुने उनले तर्क गरिन् ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । करिब एक वर्षपछि बसेको बैठकको आज पाँचौँ दिन हो । आज पनि विभिन्न केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया